Birseko Chaina Lyrics. A beautiful Nepali Love song Lyrics by Swoopna Suman. Lyrics and composition of this song done by Swoopna Suman Himself.

Meghranjani Song Info
Song: Birseko Chaina Lyrics
Singer: Swoopna Suman
Lyrics: Swoopna Suman
Music: Swoopna Suman
Birseko Chaina Lyrics Nepali Song
दुई चार वर्षनै बिति गएछन तिमी र म नबोलेको
कयौ रात यसै कटी गएछन तिमी र म नबोलेको
सन्चै छौ कि छैनौ थाहा छैन धेरै भयो के छ? भनि नसोधेको
याद आईरन्छ तिम्रो बेला बेलामा छैन ढाट्न खोजेको
के तिमी पनि सम्झिन्छौ मलाई बेला बेलामा
के सुन्छौ अझै गीत मेरो कोरेको तिम्रै नाउमा
समय बदली गयो कि हामी ठुला भयौ
समय बद्ली गयो कि हामी ठुला भै गयौ
तर बिर्सेको छैन, तर बिर्सेको छैन पुराना ति दिनहरु
(याद छ अझै, याद छ अझै)X२
कैयौ ऋतु याहा बदली सकेछन तिमी र म नबोलेको
बिरानो लाग्छ त्यो गल्ली दोबाटो जहाँ तिमी म संगै हिडेको
ओठमा छ हाँसो तर मेरो मन छ अझै दुखेको
तिम्रो याद छ जो लुकेको
के तिमी पनि लुकाउने गर्छौ आशु, हाँसो मुनि
या हिड्ने गर्छौ ति बाटो, अरु कसैको हात समाई
समय बदली सकेछ हामी ठुला भयौ
समय बदली सकेछ हामी ठुला भई सक्यौ
तर बिर्सेको छैन, तर बिर्सेको छैन पुराना ति दिनहरु
(याद छ अझै, याद छ अझै)X२
दुई चार वर्षनै बिति गएछन तिमी र म नबोलेको
Birseko Chaina New Nepali Song Video
Listen and Nepali Song Download Of Birseko Chaina
- JioSaavn: http://gestyy.com/et4URx
- Spotify: http://gestyy.com/et4UW0
- Youtube Music: http://gestyy.com/et4Umo
More From Swoopna Suman